७ वैशाख २०८१ शुक्रबार
राजनीति

सत्तारूढ दलकै प्रवक्ता भन्छन् : डा.केसीको जीवन रक्षामा संवेदनशील बनौं

सरकारले अनशनरत डा. गोविन्द केसीको माग पूरा गर्न आलटाल गरिरहेका बेला सरकारकै नेतृत्वतकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीको जीवन रक्षामा संवेदनशील बन्न सबै पक्षलाई आग्रह गरेका छन्।  

प्रवक्ता श्रेष्ठले शनिबार बिहान सामाजिक सञ्जालमार्फत डा. केसी पक्ष र सरकारबीच जारी वार्ता जसरी पर्न सफल पार्नुपर्नेमा जोड दिएका हुन्।  

‘डा.गोविन्द केसी पक्ष र सरकारको बीचमा भइरहेको वार्ता हरहालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ,’ प्रवक्ता श्रेष्ठले शनिबार बिहान ट्विट गरेका छन्, ‘सम्बन्धित सबै संवेदनशील बनौं।’  

प्रकाशित: २४ आश्विन २०७७ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App