coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्तमान ब्यवस्थामाथि खतराः नेता निधि

नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको ब्यवस्थामाथि खतराको संकेत देखा परेको बताएका छन्। अक्टुबर २ का दिन मनाइने अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित ‘संघीय नेपालमा समाजिक रूपान्तरण’ प्रदेश २ स्तरीय अन्तरक्रियामा बोल्दै पूर्व उपप्रधानमन्त्री निधिले यस्तो बताए। चिनका लागि नेपालको राजदुतले ‘चिनियाँ शासन ब्यवस्था अनुकरणीय रहेको’ भन्ने अभिब्यक्ति दिएको भन्दै उनले भने, ‘संघीय लोकतान्त्रिक मुलुकको राजदुतले एकदलीय तन्त्र रहेको देशको शासन ब्यवस्था अनुकरणीय रहेको भन्नु के कुटनीतिक दायरामा पर्छ?’  

नेपाल कम्युनिष्ट पार्टीको सरकारले नियुक्त गरेको एउटा राजदुतले यसरी देशको ब्यवस्था बिपरित बालेकोमा चिन्ता जनाए। चिनियाँ शासन व्यवस्था अवलम्बन गर्नका लागि राजदुत पठाएको होेइन भन्ने नेता निधिको भनाई थियो। जननिर्वाचित संविधान सभामार्फत जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि चीनका लागि नेपाल सरकारले राजदूत पठाएको हो र? उनले प्रश्न गरे। भर्चुअल (अनलाईन) अन्तरक्रियालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै निधिले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका यस्ता खाले अभिव्यक्तिले गर्दा बर्तमान राजनीतिक प्रणालीमाथि नै खतरा उत्पन्न भएको भन्ने लागेको बताए।  

निधिले समाजको रुपान्तरणका लागि अहिंसाको माध्यम नै प्रभावकारी रहेको कुरा बिश्वभरी स्विकार हुँदै गएकोमा नेपालको सन्दर्भमा पनि यो लागु हु्ने बताए। नेपाली समाजमा रहेको समुदायिक, जातीय, धार्मिक, संस्कृति, भाषिक, बर्गीय, भौगोलिक र पर्यावरणीय बिविधतालाई सम्बोधन गर्न सके समाजिक रुपन्तरण सहज हुने बताए। कार्यक्रमका अर्का वक्ता प्रदेश–२ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले माहात्मा गान्धीले दिएको शान्ति र अहिंसाको सन्देश समय अनुसार अझ सान्दर्भिक हुदै गएको बताए।  

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डा. गोपाल ठाकुरले बिश्वमा अहिंसको मार्गबाट परिवर्तन चाहने र हिंसको मार्ग अवलम्बनको पक्षमा रहने दुबै किसिमको मत रहेको बताए। उनले शान्तिको पक्षमा उभिनेहरु शान्तिलाई ब्यवहारमा लागू गर्न चुनौतिपुर्ण रहेको बताए। भाषाविद् समेत रहेका डा. ठाकुरले प्रदेश २ ले यहाँ बोलिने भाषाको संरक्षणमा काम गरे त्यो पनि रुपान्तरणको एउटा कदम ठहरिने बताए। उनले समाजमा रहेको समस्याहरुलाई कम्युनिष्ट सरकारले जनताको आपेक्षा अनुसार सामाधान गर्न नसेकको स्विकारे।  

राष्ट्रिय मानवअधिकार आयोग कि सदस्य मोहना अन्सारीले द्वन्दउपरान्त अहिले समयमना मानवअधिकार उल्लंघनका घट्ना न्युन हुनुपर्नेमा त्यसो हुन नसकेकोमा चिन्त ब्यक्त गरिन््। विश्लेषक चन्द्रकिशोरले माहात्मा गाँधीको अहिंसात्मक आन्दोलन र शान्तिको पक्षमा उनीद्वारा ब्यक्त बिचार अनुकरणीय रहेको जिकिर गरे। अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टुबर अर्थात महात्मा गान्धीको जन्मदिनमा मनाउने गरिएको छ। भारतमा गान्धी जयंतीको रूपमा प्रचलनमा रहेको अक्टुबर २ लाई सन २००७, जुन १५ मा संयुक्त राष्ट्रसंघको महासभाले अहिंसा दिवसको रुपमा स्वीकार गरेपछि यसलाई बिश्वब्यापी मनाउन थालिएको हो।

प्रकाशित: १६ आश्विन २०७७ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App