८ वैशाख २०८१ शनिबार
राजनीति

युवराज खतिवडालाई अमेरिकाकाे राजदूत सिफारिस गर्ने सरकारको निर्णय, शंकरदास बैरागी नयाँ मुख्यसचिव

लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत सिफारिस गर्ने सरकारको निर्णय

फाइल तस्वीर

मन्त्रिपरिषदले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिसमा गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। 

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई  बेलायतको राजदूतमा सिफारिस गरेको छ।  मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास वैरागी नियुक्त भएका छन्। मुख्य सचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरिएको भूमि सुधारमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। 

प्रकाशित: १५ आश्विन २०७७ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App