१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार भन्छ: कोरोना जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा छैन

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमितको संख्या बढिरहँदा यसको जोखिम पूर्वानुमान गर्न सक्ने अवस्थामा नरहेको बताएका छन्।

संक्रमण दिनप्रतिदिन बढिरहँदा यो कहिलेसम्म जान्छ यसै भन्न नसकिने बताए। सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले अहिले सबैको उच्च सतर्कता र साथ आवश्यक रहेको बताए।  

‘जोखिम कम भएर सरकारले विभिन्न क्षेत्र खुलाएको होइन’, उनले भने, ‘जनजिविका सन्तुलित बनाउन खुलाइएको हो।’ उनले चाडपर्व आउन लागेको बताउँदै यो बेला अझ सतर्कता अपनाउन आग्रह गरे।

उनले काठमाडौंमा घरवेटी र केही औद्योगिक प्रतिष्ठानले पीसीआरका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्नसमेत आग्रह गरे। पिसिआर गर्ने पनि एउटा मापदण्ड भएकोले कसैलाई बाध्य नबनाउन उनको आग्रह थियो।

 

 

प्रकाशित: १२ आश्विन २०७७ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App