coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवालाई सच्चिन भन्दै पौडेल पक्षले दर्ता गर्‍यो विरोधपत्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएका बेला सभापति शेरबहादुर देउवा र इतर पक्षबीच अझ दूरी बढ्ने देखिएको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै विरोधी खेमाले सोमबार पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाएको छ।  

नवीन्द्राज जोशी, दीपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ र जीवन परियारले पार्टी केन्द्रीय समितिमा सोमबार विरोध पत्र दर्ता गराएका हुन् ।  

प्रमुख विपक्षी पार्टीको जिम्मेवारी अनुरुप संसद र सडकबाट पनि सरकारका गतिविधि माथि खबरदारी र नियन्त्रण गरी जनसमर्थन आफूतिर बढाउने भूमिकाबाट कर्तब्यच्यूत र अकर्मण्य जस्तै भएको उनीहरुको निष्कर्ष छ।  

महाधिवेशनको औपचारिक प्रकृया शुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षको रुपमा ध्रुवीकृत भएको विरोधपत्रमा जनाइएको छ।  

‘पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ। महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो। तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनु पर्दछ, साथै पार्टीको विधान विपरित भईरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गरिनु पर्दछ भन्ने कुरा जिल्ला सभापतिहरु एवं हामीले बारम्बार सभापतिज्यूलाई ज्ञापनपत्रद्वारा विभिन्न पटक आग्रह गरेका हौं’, विरोधपत्रमा भनिएको छ।

विरोधपत्रमा नेता राचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवसहित २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर रहेको छ।  

 

 

प्रकाशित: १२ आश्विन २०७७ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App