१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालका वन र हिमालले पर्यावरण स्वच्छ पारिरहेका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका वनजंगल र हिमालले पर्यावरण स्वच्छ पार्ने काम गरिरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरन्तर रूपमा भइरहेको जलवायु संकटले अस्तित्वको चुनौती सिर्जना गरेको बताउँदै नेपालको वनजंगल र हिमालले त्यसलाई स्वच्छ बनाउन महŒवपूर्ण भूमिका खेलिरहेको बताएका हुन् । उनले नेपालका हिमालयले प्राकृतिक रूपमा जलवायु स्थिरता प्रदान गर्ने काम गरिरहेको बताएका छन् ।

पूर्वरेकर्डिड सम्बोधनमार्फत प्रधानमन्त्री ओलीले अहिले विश्वलाई विनाशकारी हतियारको नभई सुरक्षात्मक उपकरण र जीवनको नष्ट गर्ने सैन्य खर्चमा नभई जीवन बचाउने सामाजिक खर्चको आवश्यकता रहेको बताए । उनले वर्तमान महामारीका कारण जनजीवन, जनजीविका, समाज र अर्थतन्त्रमा निकै ठूलो प्रभाव परेको बताएका छन् । उनले अहिले मानिसलाई भोक र रोगबाट बचाउनु सरकारको मुख्य दायित्व भएको बताउँदै कोभिड–१९ को भ्याक्सिन विकास भएपछि त्यसको सस्तो र सर्वसुलभ उपलब्धतालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनले गरिबी, सैन्य प्रतिस्पर्धा, भौगोलिक द्वन्द्व, आतंकवाद, व्यापार युद्ध, असमानता र विपद्जस्ता चुनौतीका कारण विश्वको कैयौं क्षेत्रमा शान्ति र दिगो विकासको काम पूरा हुन नसकेको बताएका छन् ।

उनले नेपाल लामो समयदेखि द्वन्द्वबाट प्रभावित मुलुकहरूमा त्यहाँको नेतृत्वले स्वामित्व लिनेगरी शान्तिपूर्ण माध्यमबाट समस्याको समाधानका पक्षमा रहेको दोहो-याए । प्रधानमन्त्री ओलीले नेपालले लामो समयदेखि राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा साझेदारी गर्दै आएको बताउँदै शान्ति स्थापनाकर्ताहरूको सुरक्षा र सम्मान महŒवपूर्ण रहेकोमा जोड दिए । उनले नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको प्रवद्र्धन गर्ने नेपालको पूर्वप्रतिबद्धतालाई पुनः दोहो¥याए । उनले संयुक्त राष्ट्रसंघलाई बहुपक्षवादको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै यसलाई थप दक्ष, प्रभावकारी, समावेशी र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । महासभालाई १ सय १५ राष्ट्र प्रमुख र ५८ सरकार प्रमुखसहित १ सय ९५ जना विश्वस्तरीय नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित: १० आश्विन २०७७ ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App