coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश मन्त्रीमण्डल पुनर्गठन हुन सक्छः मन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन हुने संकेत गरेका छन्। अहिलेसम्मको योगदानलाई हेरेर मन्त्रीमण्डल पुनर्गठन हुने उनले बताए।

सिद्धान्ततः प्रदेश र संघीय सरकारको कामलाई प्रभावकारी बनाउनका लागि आवश्यकता अनुसार फेरबदल गर्न सक्ने पार्टीको निर्णय भएकाले आवश्यकता हेरेर १ नम्बर प्रदेश सरकारको पनि पुनर्गठन हुन सक्ने उनले बताए।  

उनले पाँचथर सदरमुकाम फिदिममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत भएका आङ्बोले पार्टीको सरकार पुनर्गठन गर्ने निर्णय भएकाले कार्यान्वयन हुने बताएका हुन्।  

कोरोना भाइरसका कारण अर्थतन्त्र असहज स्थिति देखिएको उनले बताएका थिए। पेश्कि भुक्तानीलाई नियन्त्रण गरीएको उनले जानकारी दिए। ‘७० प्रतिशत बजेट भुक्तानी गर्न सकिने अवस्था छ। बाँकी ३० प्रतिशत राजश्वको अवस्था तथा प्राप्त गर्ने अनुदानमा भर पर्ने छ। तर यसले विकास निर्माणमा खास असर पर्दैन’ उनले भने ‘सेमिनार, गोष्ठि, मेसनरी खरिद, सुविधा सम्पन्न गाडी खरिद लगायतका बजेट निरुत्साहि गर्नेछौँ। साउनको र भदौँको राजश्व संकलनको अवस्था  लक्ष्य पुरा हुने नदेखिएको उनले बताए।  

अर्को प्रसंगमा मन्त्री आङ्बोले कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुपर्ने बताए। उनलाई जनताले रुचाएकाले जनताको सम्मानका लागि उनलाई पुनः नियुक्ति दिनुपर्ने उनको धारणा रहेको थियो।  

सरकारले समाजवादको कार्यक्रम अघि सारेको आङ्बो बताए। ‘जनतालाई भोकै बस्न नदिने, अवासको सुनिश्चितता गर्ने सरकारको योजना रहेको छ। बाँकी दुई वर्षमा पाँचथरका सबै घर फुसमुक्त बनाउछौँ’ उनले भने ‘शिक्षा र स्वास्थ्यको क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि काम गरीरहेका छौँ।’

पाँचथर अस्पताललाई एक सय बेडको बनाउने, भेन्टिलेटरसहितका आधारभुत सुविधाको व्यवस्थापन गर्न काम भईरहेको उनले जानकारी दिए। स्टाफ नर्ससहित मेडिकल क्षेत्रका विभिन्न शिक्षा जिल्लामै सञ्चालन गर्ने गरी काम अगाडी बढाईएको जानकारी दिए। सामुदायीक विद्यालयको सुधार गर्न स्थानीय तहलाई सहयोग गर्ने जानकारी दिए।  

उपभोक्ता समितिमार्फत हुने कामलाई न्यूनीकरण गर्ने तर्फ लागेको बताए। उपभोक्ता समितिका कारण विकृति सृजना भएको ख्यालमा राखिएको उनले बताए।

प्रकाशित: ९ आश्विन २०७७ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App