११ कार्तिक २०७७ मंगलबार
राजनीति

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोरोनामुक्त भएका छन्। उनका स्वकीय सचिव भरत तिवारीकाअनुसार पुनः काेराेना परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको हो।  

कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्।

महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो।

प्रकाशित: ८ आश्विन २०७७ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App