१२ कार्तिक २०७७ बुधबार
राजनीति

सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा, ६ अर्ब खर्च गरिने

सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बागलुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सो निर्णयसँगै ती क्षेत्रमा विश्व बैंकमार्फत् हुने ५० मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार विपद् पुनर्निर्माण प्राधिकरणले बजेट परिचालन गर्ने छ।

प्रकाशित: ७ आश्विन २०७७ २०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App