१२ कार्तिक २०७७ बुधबार
राजनीति

नेपाल चीन सीमाबारे सरकारले भन्यो : हुम्लामा चीनले नेपाली भूमि मिचेको छैन

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रीफिङमा उनले हुम्लाको लीमी क्षेत्रबारे २०७३ सालमा पनि यस्तै समाचार आएपछि सरकारले छानविन समिति बनाएको बताएका छन्। 

उनका अनुसार गृह, परराष्ट्र र भूमि सुधार मन्त्रालयको छानविन समितिले उक्त क्षेत्रमा नेपाली सीमा भन्दा १ किलोमिटर पर घर निर्माण गरेको देखाएको थियो।

हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले उक्त क्षेत्रमा रहेको र उनीहरू फर्केपछि थप विवरण आउने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

प्रकाशित: ७ आश्विन २०७७ १९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App