coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिनियाँ दूतावासले भन्यो : भवन हाम्रो क्षेत्रमा बनेका छन् नेपालले प्रमाणिकरण गर्न सक्छ

चिनियाँ दूतावासले हुम्लास्थित दुई देशको सीमा क्षेत्रको नेपाली भूभागमा चीनले भवन निर्माण गरेको दाबीलाई खण्डन गरेको छ।  

दूतावासका प्रवक्ता वाङ सियाओ लङले मंगलबार राती यस बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै हाल निर्माण भएका भवन चिनियाँ भूभागमै रहेको दाबी गरेका छन्। दूतावासले नेपालले यसलाई पुन प्रमाणित गराउन सक्ने पनि जनाएको छ। नेपाल र चीनबीचमा कुनै सीमा विवाद नरहेको बताउँदै दूतावासले नेपाल र चीन मित्रवत छिमेकी रहेको र चीनले दूतावासले नेपालको सार्वभौमिकता र भौगोलीक अखण्डतालाई सधै सम्मान गर्ने जनाएको छ।  

यो पनि पढ्नुहोस्

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

केही दिन यता चीनले नेपाली भूभागमा भवन निर्माण गरेको समाचारहरु आइरहेको सन्दर्भमा चिनियाँ दूतावासको यस्तो धारणा आएको हो। चीनले नेपाली भूभागमा भवन निर्माण गरेको विषयमा अध्ययनका लागि हालै मात्र हुम्लाका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरु त्यस क्षेत्रमा पुगेका थिए। हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीहरुलाई चिनियाँ सुरक्षाकर्मीले रोकेका थिए।

 

 

 

 

प्रकाशित: ७ आश्विन २०७७ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App