coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उत्तरी सीमाबारे धारणा सार्वजनिक गर्न सरकारसँग सरिता गिरीको माग

पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सीमा क्षेत्रमा भएको अतिक्रमणबारे सरकारले धारणा सार्वजनिक गर्न माग गरेकी छन्। गिरीले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीन ले नेपाल को भूमि अतिक्रमण गरेको बारे सरकारसँग आधिकारिक जानकारी गराउन माग गरेकी हुन्।  

उनले भारतसँग देखिएको सीमा विवादमा  सबै ऐतिहासिक तथ्य र प्रमाण को आधारमा भारतसंग वार्ता गरी समाधान गर्नसमेत माग गरेकी छन्। 

यो पनि पढ्नुहोस्

सरिता गिरी पार्टीबाट निष्कासित, सांसद पद पनि गुम्यो 

नेपाल सरकार ले उत्तरी छिमेकी प्रति भक्ति भाव देखाउँदै आएको आरोपसमेत गिरीले लगाएकी छन्।

उनले सरकारले आफ्नो सीमानाको रक्षा गर्न मित्र राष्ट्रहरुसंग सहयोग लिएरसमेत गर्नु पर्ने बताएकी छन्।  

समाजवादी पार्टीकी पूर्व सांसद गिरीले लिम्पियाधुरा–कालापानी लगायतका भारतले अतिक्रमण गरेका नेपाली भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गर्दा विरोध गर्दै संशोधन दर्ता गराएकी थिइन्। उनको पार्टीले संशोधन राष्ट्रियताको विषयमा संशोधन नहाल्न भन्दै फिर्ता लिन ह्वीप जारी गरेको थियो। गिरीले पार्टीको निर्देशन नमानेपछि उनलाई पार्टी र संसदबाट समेत समाजवादीले निश्कासन गरिसकेको छ।

यो पनि पढ्नुहोस्

हुम्लाको लिमी क्षेत्रमा पुगेका नेपाली अधिकारीलाई चिनियाँ सुरक्षाकर्मीले रोके

 

 

प्रकाशित: ७ आश्विन २०७७ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App