८ वैशाख २०८१ शनिबार
राजनीति

सांसद बिडारीको ‘भिडियो क्लिप्स’ हेरिसकेपछि डा.भट्टराईले भने : निर्लज्ज व्यक्ति

राष्ट्रियसभाका सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीलाई पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘निर्लज्ज व्यक्ति’को संज्ञा दिएका छन्।  

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले ‘आज शिर निहुरियो आज नेपालमा किन बलात्कार बढ्दै छ’ लेख्दै सांसद बिडारीले बोलेको भिडियो क्लिप्स ट्विटरमा सेयर गरेकी छन्।  

त्यसैलाई रिट्विट गर्दै डा. भट्टराईले राष्ट्रिय सभालाई निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो’ भन्ने टिप्पणी गरेका हुन्।  

‘राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो,’ डा. भट्टराईले लेखेका छन्, ‘पत्नीसँग पनि इच्छाविपरीत यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र? बरू९० प्रतिशत बलात्कार आरोप सत्य र १० प्रतिशत झुटो पो होला त?’

मोहना अन्सारीले सेयर गरेको सांसद बिडारीको भिडियो क्लिप्स यहाँ-

प्रकाशित: ५ आश्विन २०७७ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App