१६ चैत्र २०८० शुक्रबार
राजनीति

दयनीय रहेका सीमा सुरक्षा पोष्ट तुरुन्तै मर्मत गर्न निर्देशन

फाइल तस्बिर

सशस्त्र प्रहरी बल मूख्यालले दयनीय अवस्थामा रहेका सीमा सुरक्षा पोष्ट तुरुन्तै मर्मत संभार गर्न मातहतको गणहरुलाई निर्देशन दिएको छ। सशस्त्र प्रहरीको कार्य तथा सीमा सुरक्षा विभागले मातहका सबै निकायलाई परिपत्र गर्दै दयनीय अवस्थामा रहेका सीमा पोष्टहरु, फरवार्ड वेशहरु तथा बोर्डर अब्जरवेशन पोष्ट (विओपी) हरुको तत्कालै मर्मत संभार गरेर विभागलाई जानकारी गराउन सबै गणहरुलाई निर्देशन दिएको छ। मर्मत कार्यमा गणपति आफै गएर निरीक्षण गर्न र त्यसको जानकारी गराउन निर्दैशन दिइएको हो। फरवार्ड वेशमा त्रिपाल र स्याउले छाप्रो हटाएर जस्ता पाता राखेर व्यवस्थित गर्न समेत निर्दैशन गएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले समस्या देखिएका र त्रिपाल तथा स्याउले छानो भएको सबै अस्थायी पोष्टमा जस्ता पाताको छानो लगाउने र पानी चुहिने समस्याबाट मुक्त गराउन लागिपरेको बताए। उनका अनुसार असुरक्षित स्थानमा भएका पोष्टलाई पनि सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ। ‘त्रिपालको छानो मुनि बसेर डिउटी गर्नुपर्ने बाध्यता केही समय अघि भएपनि अहिले त्यस्तो अवस्था छैन जहाँ जहाँ समस्या देखिएको छ अब ती समस्या तत्कालै हट्नेछन् खाने बस्ने र सुत्ने स्थानलाई सुरक्षित र भदपर्दो बनाइने कामको शुरु भैसकेको छ डिउटीमा बस्ने स्थानपनि सुरक्षित बनाउदैछौ’, डिआइजी अर्यालले भने। सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटिएका सुरक्षाकर्मी भवन नहुँदा करिब १ हजार २ वटा फरवार्ड वेश स्याउले छाप्रो र त्रिपालमुनि बसेर डिउटीमा खटिएका छन्। सुरक्षित भवन नहूँदा हावापानी र घामबाट आफैं असुरक्षित मात्र छैनन,हात हतियार समेत सुरक्षित राख्न सक्ने अवस्था नभएपछि उनीहरु असुरक्षित रहँदै आएका थिए। भदौ २८ गते सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी त्रिपाल र स्याउले छाप्रोमा आश्रय लिदै भन्ने समाचार प्रकासित भएको थियो। सो समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी मूख्यालयले डिउटीमा खटिने सबै सशस्त्र प्रहरीका लागि पिपीइ, सेनिटाइजर, मास्क, खानेपानी र राम्रो शौचालयको व्यवस्था गर्न निर्दैशन दिएको थियो। चाइनिज टेन्ट टाँगेर नाका सिलमा खटिएका सीमा सुरक्षा वलका जवानहरू हावापानीमा टेन्ट समाएर रात बिताउन बाध्य भएका छन्। उनीहरुको बर्षायाम यसैगरी वितेको थियो। सामान्य असिना पानीमै प्वाल परेको टेन्टमा रात बिताएर सिमाना सिलको भूमिका निर्वाह गरिरहेका छन्। डिआइजी अर्यालका अनुसार त्रिपाल हटाउने अभियान शरु भैसकेको छ। ‘सार्वजनिक विद्यालय, पाटी पौवामा राखेर भएपनि डिउटी खटाउदै छौ’, डिआइजी अर्यालले भने यो वर्ष ‘७० वटा विओपीको लागि स्थायी संरचना बन्ने तयारी छ।’

 

 

 

प्रकाशित: १ आश्विन २०७७ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App