coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एसिड पीडितहरुको आजीवन उपचार खर्च र चाहिने औषधि सरकारले बेहोर्ने

एसिड आक्रमण पीडितको उपचार र जीवनभरि चाहिने औषधिको खर्च सरकारले व्यहोर्ने भएको छ। सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाई सम्बन्धी विशेष व्यवस्था गर्दै पीडितहरुको आजीवन उपचार खर्च आफैं व्यहोर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पीडितको निःशुल्क उपचार र स्वास्थ्य क्षतिसँग सम्बन्धित प्रयोग गर्नुपर्ने आजीवन औषधि खर्च सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

बैठकले एसिड आक्रमणमा परेका पीडितहरुको तत्काल सम्भव हुने अस्पतालमा उपचार गराउने र थप उपचारका प्राथिमकताका साथ रिफर गर्नुपर्ने निर्णय गरेको छ।

यस्तै, प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरुद्धको जागरण दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित: ३० भाद्र २०७७ १४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App