८ वैशाख २०८१ शनिबार
राजनीति

अर्को व्यवस्था नहुन्जेल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको उप कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका छन्। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएसँगै तत्कालका लागि कोइरालालाई मंगलबार जिम्मेवारी तोकिएको हो। 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस संयोजक दयानिधि भटट्ले मन्त्री पुनले अर्काे निर्णय नभएसम्म कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको बताए। ‘मन्त्रिज्यूले प्राधिकरणका उपकार्यकारी निर्देशक कोइरालाई निमित्त कार्यकारी निर्देशक पदको जिम्मेवारी दिनुभएको हो,’ उनले भने, ‘निर्वतमान घिसिङको अनुपस्थितिमा पनि कोइरालालाई जिम्मेवारी दिदैं आएको परम्परा रहेछ।’ प्रबन्ध निर्देशक घिसिङको मंगलबार एक कार्यक्रमबीच बिदाई गरिएको थियो।  

प्रेस संयोजक भटट्ले अब प्राधिकरणको प्रबन्ध निर्देशकको नियुक्ती खुल्ला प्रतिस्पर्धाबाट हुने बताए। यद्यपी मन्त्री पुनले घिसिङलाई प्रबन्ध निर्देशक पदको लागि मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको दावी गरे।

प्रकाशित: ३० भाद्र २०७७ १३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App