८ वैशाख २०८१ शनिबार
राजनीति

कुलमानको पुनर्नियुक्तिबारे प्रवक्ता श्रेष्ठविरुद्ध सल्लाहकार थापाको यस्ताे कटाक्ष

सूर्य थापा

नेपाल विद्युत् प्राधिकरणका निर्देशक पदबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई पुनर्नियुक्तिबोर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको अभिव्यक्तिविरुद्ध प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कडा विरोध जनाएका छन्।  

प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत कुलमानको पुनर्नियुक्ति हुनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरेकै दिन सोमबार सल्लाहकार थापाले पनि सामाजिक सञ्जालबाटै कटाक्ष गरेका हुन्।  

‘नेपाल आमाका सपुत’को पुनर्नियुक्तिको कानुनी व्यवस्था एउटा र गैरसपुतको अर्कै हुने हो कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ,’ नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका थापाले फेसबुकमा लेखेका छन्, ‘सरकारले गर्ने काममा सल्लाह र  सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ?’  

प्रकाशित: ३० भाद्र २०७७ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App