८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारद्वारा वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस

सरकारले सत्तारुढ दल नेपाल  कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त रहेको सदस्य पदमा मनोनित गर्न सिफरिस  गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।  

गत २०७४ सालको भएको आम निर्वाचनमा बर्दियाबाट थोरै मतले नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका गौतमलाई सरकारले विज्ञ समूहबाट सदस्यमा मनोनयन गर्न सिफरिस गरेको हो।  

यस अघि नेकपा बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो।

 

प्रकाशित: २९ भाद्र २०७७ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App