coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कूटनीतिक राहदानी बाहकलाई ईजरायलमा भिसा नचाहिने

ईजरायल र नेपालबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशआज्ञाको आवश्यकताबाट उन्मुक्तिसम्वन्धी सम्झौता भएको छ। यो सम्झौतासँगै अब कुनै एक राष्ट्रको कूटनैतिक राहदानी बाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा प्रवेशाज्ञा लिनु पर्दैन।

 ईजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्य र ईजरायली परराष्ट्र मन्त्री गावी आसकनजीले हस्ताक्षर गरे। सो अबसरमा राजदूत शाक्यले नेपालबाट तालिममा आएका विद्यार्थीहरु मध्ये उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके विज्ञकोरुपमा विकास गर्न सकिने बताएकी थिइन्। 

केयर गिभिङ क्षेत्रमा पुन: नेपालीलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको थियो दूतावासले जनाएको छ।

 

प्रकाशित: ५ भाद्र २०७७ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App