coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ सैनिक खटाएको भारतीय मिडियाको दाबी

लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ। चीनले त्यस क्षेत्रमा एक सय ५० लाइट कम्बाइन आम्र्ड ब्रिगेड खटाएको र उनीहरू दुई साताअघि तिब्बतबाट लिपुलेकतर्फ प्रस्थान गरेको उनीहरूले बताएका छन्।

चीनले लिपुलेक क्षेत्रमा सैनिक संख्या बढाउनुभन्दा पहिले नेपाली नेतृत्वलाई विश्वासमा लिएको र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गरेको बिजनेस इन्साइडरले दाबी गरेको छ। मिडिया रिपोर्टमा लिपुलेक सीमा क्षेत्रमा चिनियाँ सैनिक खटाएको दाबी गरिए पनि नेपाली सरकारी निकायले भने यसमा अनविज्ञता व्यक्त गरेका छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले भारतीय मिडियाले गरेको दाबीमा सत्यता नभएको बताए। ‘सीमा क्षेत्रमा हाम्रो बिओपी (बोर्डर आउटपोस्ट) छ। तर त्यस्तो कुनै सूचना प्राप्त भएको छैन,’ उनले भने।

भारतीय सञ्चारमाध्यमले नेपालको सीमा लिपुलेकनजिक चीनले अतिरिक्त सैनिक खटाएको दाबी गरेका छन्।

नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो दाबी गर्दै भारतले गत नोभेम्बर २ मा नयाँ नक्सा प्रकाशित गरेपछि दुई देशबीच सीमा विवाद चुलिएको छ। गत वैशाख २६ मा भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक एकतर्फी रुपमा उद्घाटन गरेपछि नेपालले यसको व्यापक विरोध गर्दै भारतलाई कूटनीतिक नोट बुझाएको थियो। पछि नेपालले अतिक्रमित भूभागलाई समेटेर नयाँ नक्सा जारी ग¥यो। नेपालका तर्फबाट भारतीय एकतर्फी निर्णयको विरोध भएपछि भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवानेले नेपालले उठाइरहेको लिपुलेकको विषय चिनियाँ स्वार्थमा रहेको संकेत गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७७ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App