coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्यदललाई वैधानिकता दिन सचिवालय बैठक

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि गठन भएको कार्यदललाई वैधानिकता दिन सोमबार बिहान सचिवालय बैठक बोलाइएको छ। पार्टीका तीन शीर्ष नेता झलनाथ  खनाल, माधव नेपाल र नारायणकाजी  श्रेष्ठले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका हुन्।

पार्टीको विधि र पद्धति मिचेर कार्यदल बनाएको भन्दै नेतात्रयले आपत्ति जनाएका थिए। ‘सोमबार बिहान ९ः३० बजेका लागि सचिवालय बैठक बस्ने खबर आएको छ’, वरिष्ठ नेता खनालले भने। सचिवालय बैठकमा शुक्रबार गठन भएको  

कार्यदललाई अनुमोदन गर्ने र कार्यादेश दिने निर्णय हुनेछ।  नेकपाभित्र विवाद बढ्दै गएपछि समस्या पहिचान र समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। पार्टी  

कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता खनाल, नेपाल र श्रेष्ठले असन्तुष्टि जनाएका थिए। शनिबार पुष्पकमल दाहालको निवासमा भएको छलफलमा तीन नेताले असन्तुष्टि जनाएपछि दाहालले अर्का अध्यक्ष ओलीसँग सल्लाह गरेर बैठक बोलाउने बताएका थिए।

कार्यदलले भने शनिबारदेखि नै काम सुरु गरेको छ। कार्यदलमा पूर्वमाओवादीका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसालका साथै पूर्वएमालेका शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भीम रावल छन्। पार्टीमा विवाद उत्पन्न भएपछि असार १० मा सुरु भएको नेकपा स्थायी कमिटी बैठकसमेत असार १८ पछि बस्न सकेको छैन। स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको थियो।

 

प्रकाशित: १ भाद्र २०७७ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App