७ वैशाख २०८१ शुक्रबार
राजनीति

बिआरआई कार्यान्वयन गर्न चीन तयार

चीनले नेपालसँग भएका बिआरआईलगायत सम्झौता कार्यान्वयनका लागि आफू तयार रहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले दुई देशका विदेश मन्त्रालयबीच बुधबार भर्चुअल माध्यमबाट सम्पन्न १३औं चरणको कूटनीति परामर्श बैठकमा यस्तो सहमति भएको बताएका हुन्।

 बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा राखिएको जिज्ञासाको जवाफ दिँदै उनले परस्पर चासोका दुई पक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको जानकारी दिए। कूटनीतिक परामर्श बैठकमा चिनियाँ उपविदेशमन्त्री लुओ झाओहई र नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदार वैरागीले सहभागिता जनाएका थिए।  

नेपाल सन् २०१७ मा औपचारिक रूपमा चीनको बृहत् पूर्वाधारसम्बन्धी अवधारण बेल्ट एन्ड रोड इनिसिएटिभ ९बिआरआई० को सदस्य भए पनि त्यसको कार्यान्वयनमा ढिलाइ भइरहेका बेला चीनले त्यसलाई अघि बढाउन नेपालसँग काम गर्न तयार रहेको बताएको हो। प्रवक्ता झाओले गत वर्ष चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणका बेला भएका सहमतिलाई कार्यान्वयन गर्ने तथा दुई मुलुकबीचमा महामारीविरुद्धको सहयोगलाई निरन्तरता दिने, व्यापार र आर्थिक लगानीसम्बन्धी सहयोग,  

विकास सहायता, रक्षा तथा कानुनको प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विस्तारका लागि चीन तयार रहेको बताएका छन्।

चीन–नेपाल हिमालय र नदीले जोडेका छिमेकी मित्रराष्ट्र भएको उल्लेख गर्दै उनले दुवै देशका सरकार प्रमुखले गत वर्ष सफलतापूर्वक भ्रमण आदानप्रदान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए। ‘यो वर्ष दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्ष पुगेको छ,’ झाओले भने, ‘यस अवसरमा दुई देशका उच्च राजनीतिक नेतृत्वबाट शुभकामना आदनाप्रदानसमेत भए।’ दुई देश कोभिड–१९ विरुद्धको लडाइँमा पनि एकै ठाउँमा उभिएको र परस्पर सहयोग आदानप्रदान गर्दै परस्पर विश्वास र मित्रतालाई अझ विस्तार गर्न सफल भएको उनको भनाइ थियो ।

प्रकाशित: ३० श्रावण २०७७ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App