७ वैशाख २०८१ शुक्रबार
राजनीति

अब सवारी पास वितरण नहुने

सरकारले अन्तरजिल्ला सवारी पास बन्द गर्ने भएको छ। बिहीबारदेखि लागू हुनेगरी पास वितरण बन्द हुन लागेको हो। गृहमन्त्रालयले सबै जिल्ला प्रशासनलाई पास वितरण नगर्न निर्देशन दिइसकेको छ। कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्म पास वितरण नगर्न निर्देशन दिइएको हो। तत्कालका लागि सवारी पास वितरण बन्द गर्न गृहले जिल्ला प्रशासन कार्यालहरुलाई निर्देशन दिएको गृह प्रवक्ता चक्र बहादुर बुढाले बताए। 

कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपछि जिल्ला प्रशासनले आवश्यकताका हिसावमा सवारी पास जारी गर्दै आएको थियो।  

 

 

प्रकाशित: २८ श्रावण २०७७ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App