coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विभाग गठनमा १२ नेताको असन्तुष्टि

नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेको जनाउँदै सभापति शेरबहादुर देउवाले हालै गठन गरेका विभाग खारेज गर्न माग गरेका छन् । सभापति देउवाले पाँच विभाग गठन गर्नुका साथै १२ वटा विभागलाई विस्तार गरेको भोलिपल्ट मंगलबार केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगनकुमार थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ विभाग गठन नगर्न आग्रह गरेका हुन् ।

निर्धारण गरिएको समय २०७७ फागुनभित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्व रहेको जनाउँदै उनीहरूले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै नेता तथा कार्यकर्ताबीचको सम्बन्ध सुधार्नुपर्ने दायित्व सबैको भएको उल्लेख गरेका छन् ।

पार्टीका सबै तहको धिवेशनको मिति तोकिसकिएको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरूले आचारसंहिताको ठाडो उल्लंघन भएको दाबी गरेका छन् ।  

पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै उनीहरूले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व सभापतिकै भएको जनाएका छन् । 

प्रकाशित: २८ श्रावण २०७७ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App