८ वैशाख २०८१ शनिबार
राजनीति

जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीयः प्रधानमन्त्रीको सचिवालय

फाइल तस्वीर

जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीप्रति गरिएको टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको सचिवालयले जनाएको छ।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘पटक(पटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो’।

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ ।’ थापाले जारी गरेको प्रेस नोटमा अगाडि भनिएको छ। ‘त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ, ‘सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।

जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न पाउने भए पनि राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।  जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’ प्रेस नोटमा भनिएको छ।  

यस्तो छ प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोट

प्रेस नाेट
‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेकाे विज्ञप्तिकाे एक अंशप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।
सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेकाे "...केपी आेली सरकारकाे कुनै ठाेस कार्ययाेजना नरहेकाे र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे..." भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।
पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीकाे समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरकाे तरिका खासमा कुण्ठाग्रस्त गालीगलाेज मात्र हो र सोचको दिवालियापन नै हाे ।
राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरकाे अपसंस्कारकाे प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर हाेला ।
सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नाे स्वार्थका राेटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्याराे देख्छन् र उज्यालाेकाे भर्त्सनामा जुट्छन् ।
जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलाेचना, विराेध र गालीगलाेज गरिएकाे सन्दर्भ हाे, याे कुनै नाैलाे कुरा हाेइन । आफ्नाे निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसाे गर्दै आएकाे तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासकाे गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले काेही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।
शीशाकाे घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ ।
जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएकाे छ ।
राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारकाे अालाेचना र विराेध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयाेग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जाे सभ्य समाजकाे मूल्य र मानक विपरित रहेका छन् । तसर्थ: जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएकाे भाषा निन्दनीय रहेकाेतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
२७ साउन २०७७

यसअघि जसपाले पार्टीको केन्द्रीय कार्यकारीणी बैठकको निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री शारीरीक र मानसिक रुपले अत्यन्त कमजोर रहेको टिप्पणी गरेको थियो।  

यस्तो थियो जसपाले जारी गरेको विज्ञप्ति  

 

प्रकाशित: २७ श्रावण २०७७ ०४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App