१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकार विचौलियातन्त्रको कठपुतली बन्यो : कांग्रेस

नेपाली कांग्रेसले महामारीको समयमा सरकार विचौलियातन्त्रको कठपुतली बनेको आरोप लगाएको छ। पछिल्लो दिन लगानी बोर्डमा गरिएको नियुक्ति यसको रुप भएको कांग्रेसको ठहर छ।  

बढ्दो संक्रमणको कारण मुलुक अहिले स्वास्थ्य संकट र जिविकालाई जोखिममा पार्ने आर्थिक संकटको बीचमा रहेपनि संकट सम्वोधनमा भने सरकार अकर्मण्य र गैर जिम्मेवार देखिएको कांग्रेसको आरोप छ।  

नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिले एक विज्ञप्ति जारी गर्दै सरकारलाई सुझाव समेत दिएको छ। देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था रहेको ले जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर हुन कांग्रेसले भनेको छ।  

सीमामा कडाई गर्न,  संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाउन,  पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परीक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न माग गरिएको छ।  

खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता ल्याउन, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पुर्याउउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गरेको छ।  

 

 

 

प्रकाशित: २६ श्रावण २०७७ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App