७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपाकाे समस्या- भित्र एउटा कुरा, बाहिर अर्काे कुरा : नारायणकाजी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भित्र एउटा कुरा गर्ने, बाहिर अर्काे कुरा गर्ने प्रवृत्तिका कारण पार्टीभित्रको विवाद समाधान हुन नसकेको बताएका छन् ।  

सोमबार आफ्नो फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले नेताहरूलाई पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सीधा, खुला र स्पष्ट रूपमा छलफल गर्न आग्रह गरेका हुन् ।  

‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सीधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटील बनाउँछ। त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सीधा, खुला र स्पष्ट रूपमा छलफल गरौं र सकारात्मक निकास निकालौं।’  

 

प्रकाशित: २६ श्रावण २०७७ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App