७ वैशाख २०८१ शुक्रबार
राजनीति

गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको बताएका छन्। शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरले कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिजको कार्यक्रममा बोल्दै गौतम बुद्ध र महात्मा गान्धी महान भारतीय भएको बताएका थिए। त्यसको जवाफमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बुद्धिजम नेपालबाट विश्वका विभिन्न भागमा फैलिएको सत्य भएको बताउँदै यो वहस र विवादको विषय नभएको बताएको थियो। बुद्धको जन्मबारे पुरै अन्तराष्ट्रिय समुदाय जानकार रहेको पनि विज्ञप्तिमा भनिएको थियो।

श्रीवास्तवले हिजोको विदेशमन्त्रीको धारणाले दुई देशको साझा बौद्ध विरासतलाई इंगित गरेको बताउँदै बुद्ध लुम्बिनीमा जन्मिएकोमा कुनै शंका नभएको उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

भारतीय विदेशमन्त्रीलाई परराष्ट्रको जवाफ : बुद्ध नेपालमा जन्मिएको बारे विश्व जानकार छ

 

 

 

प्रकाशित: २५ श्रावण २०७७ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App