१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेश १ पाँच वटा विधेयक प्रमाणिकरण

प्रदेशसभाले पारित गरेर पठाएका विधेयक प्रमाणिकरण गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्बिर/नागरिक

प्रदेशमा आज ५ वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख प्यासीले आज एकै दिन ५ वटा विधेयक प्रमाणिकरण गरेका हुन् ।  

प्रमाणिकरण गरेका विधेयकहरूमा प्रदेश स्तरमा फर्म दर्ता नविकरण र तद्सम्बन्धि अन्य व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छ । यस्तै प्रदेश १ बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई पनि प्रमाणिकरण गरिएको छ । प्रदेश सभाबाट पारित भएका विधेयकहरू प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि लागू हुने व्यवस्था रहेको छ ।

प्रकाशित: २५ श्रावण २०७७ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App