७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय विदेशमन्त्रीको भ्रमपूर्ण भनाई : बुद्ध महान भारतीय

भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको बताएका छन्।  कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्को कार्यक्रममा बोल्दै उनले गौतम बुद्ध र महात्मा गान्धी महान भारतीय भएको बताएका हन्।  

‘हामीले महान भारतीय भनेर गौतम बुद्ध र महात्मा गान्धीलाई चिन्छौ,’ उनले भने, ‘हामीले मात्र होइन यी दुईलाई संसारले  नै महान भारतीयका रुपमा चिन्छ।’

भारतीय नेताहरुले बुद्धको जन्मबारे समय समयमा विवादास्पद भनाई सार्वजनिक गर्दै आएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत पटक पटक वुद्ध भारतमा जन्मिएको झुटो भनाई दिँदै आएका छन्। तर ६ वर्ष अघि नेपाल भ्रमणमा आएका मोदीले संसदमा बोल्दै नेपाल बुद्धको भूमि भएको बताएका थिए।

 

 

 

प्रकाशित: २५ श्रावण २०७७ ०५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App