१० आश्विन २०७७ शनिबार
राजनीति

माडीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले भने : रामको जन्मभूमि माडी हो, मन्दीर र मूर्ति बनाउनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपालनै भएको बताएका छन्। चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग काठमाडौंमा भेट्दै उनले   बृहत् गुरुयोजना बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न समेत निर्देशन दिएका छन्।  

प्रधानमन्त्रीले आज माडी नगरपालिकाका मेयर ठाकुर ढकाल लगायत सो क्षेत्रका जनप्रतिनिधिलाई भेटेका थिए।

'प्रधानमन्त्री ज्यूसँग आज हामीले भेट गर्यौ। भगवान श्रीरामको जन्मभूमि नेपाल भएको र अयोध्याधामको गुरु योजना बनाएर काम गर्न निर्देशन दिनु भयो', मेयर ढकालले भने, 'योध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत बनाउन आग्रह गर्नु भयो।' राम मन्दीर निर्माणको लागि सरकारले सहयोग गर्ने समेत उनले बताएका थिए।

जनप्रतिनिधिहरुले प्रधानमन्त्रीसँग निकुन्जको समयस्या समेत राखेका थिए। उक्त विषयमा रक्षा र बन मन्त्रालयसँग कुरा गरेर समस्या समाधान गर्ने प्रधानमन्त्रीले बताएको ढकालले बताए।

केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।  

 

प्रकाशित: २४ श्रावण २०७७ २२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App