८ वैशाख २०८१ शनिबार
राजनीति

नारायणकाजीलाई प्रधानमन्त्रीका सल्लाहकार रिमालले भने : 'इनफ इज इनफ'

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको लाज जोगाउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै गुटबन्दीको आगोमा उत्तोलक नबन्न आग्रह गरेका छन्। रिमालले लेखेका छन्, ‘ इनफ इज इनफ, नारायणकाजी प्रकाश जी 'कम से कम' पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!'

साथै उनले पार्टी एकताविरुद्धका कुनै पनि गतिविधि नगर्न पनि आग्रह गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस्! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!

प्रकाशित: २३ श्रावण २०७७ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App