८ वैशाख २०८१ शनिबार
राजनीति

दुई मन्त्रालयका लागि ३३४ अस्थायी दरवन्दी सिर्जना

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडा

सरकारले सहरी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गरेको छ।  मन्त्रिपरिषद बैठकले सहरी विकासका लागि २९२ र भूमि व्यवस्थाका लागि ४२ अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।  

शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रम सञ्‍चालनको लागि राजपत्रांकित पदका लागि २९२ अस्थायी दरवन्दी तयार गरिएको हो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न राजपत्रांकित अधिकृतहरुको ४२ वटा अस्थायी दरवन्दी स्वीकृत गरिएको हो।  

 

 

 

 

प्रकाशित: २२ श्रावण २०७७ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App