coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेता चौरसियालाई कोरोना संक्रमण

पुर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको पछिल्लो रिपोर्ट अनुसार ४३ संक्रमित देखिएका ४३ जनामध्ये एकजना नेता चौरसिया समेत रहेका छन् । ५६ वर्षीय नेता चौरसिया नेपाली कांग्रेसको तराई मधेस समन्वय विभागका प्रमुख समेत हुन ।

नेता चौरसियालाई सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले स्वेच्छाले नारायणी अस्पताल पुगेर पिसिआर परीक्षणका लागि मंगलबार आफ्नो स्वाब नमुना जम्मा गराएका थिए । योगशालाको बुधबार राति आएको परीक्षण रिपोर्ट अनुसार संक्रमितहरूको सूचीमा उनको नामपनि थियो । अहिले उनी वीरगन्ज ११ श्रीपुर, ओमआश्रम रोडस्थित आफ्नो घरमैं सेल्फ आइसुलेसन बसेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै आइसोलेट भएर बसेको उनले बताएका छन् । उनले चिकित्सकको सल्लाहअनुसार आवश्यक भए अस्पताल भर्ना हुने जनाए । नेता चौरसिया केही दिन अगाडी काठमाडौं पुगेका थिए ।

पर्सामा केही दिनयता संक्रमितहरुको संख्या बढेसंगै बिभिन्न पार्टीका नेता र जनप्रतिनिधि पनि संक्रमितहरुको सूचीमा पर्न थालेका छन् । यसअघि पर्सा १ बाट निर्वाचित सांसद प्रदीप यादव, वीरगन्जका नगरप्रमुख बिजयकुमार सरावगी, नेपाल कम्युनिष्ट पार्टीका वीरगन्ज महानगरका अध्यक्ष रहबर अन्सारी, वीरगन्ज महानगरका वडा अध्यक्षहरू रामदरश कुशवाहा, ब्रह्मदेव प्रसाद, जगत साहकानु, नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता अरबिन्द सिंहलगायत सक्रमित भएका छन् । साउनयता पर्सामा पाँच सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App