७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस संसदीय दलको नेतामा कनौडिया

प्रदेश ५

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले कनौडियालाई सर्वसम्मत प्रदेश सभा संसदीय दलको नेता चयन गरेको हो । कनौडिया कपिलवस्तु–३ (ख)बाट निर्वाचित प्रदेश सांसद हुन् ।  

गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको मृत्यु भएपछि सांसद कनौडियाले उपनेताको रूपमा कार्यवाहक सम्हालेका थिए । उनलाई प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति डिल्ली चौधरीले समर्थन गरेका थिए ।  

२०३६ सालमा युवा अवस्थादेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका कनौडिया २०५८ सालमा जलस्रोत मन्त्री भएका थिए । नागरिकसँग कुराकानी गर्र्दै कनौडियाले प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकालाई सशक्त बनाउँदै सदनबाट सरकारका गलत क्रियाकलाप र निर्णयको भण्डाफोर गर्ने बताए ।

प्रकाशित: २१ श्रावण २०७७ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App