coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ५ : प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा कनौडीया चयन

प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेता चयन गरेको हो । कनौडीया कपिलवस्तु ३ को (ख)बाट निर्वाचित प्रदेश सांसद हुन्।  

गत माघ ८ गते संसदीय दलको नेता बलदेव शर्मा पोखरेलको मृत्यु भएपछि सांसद कनौडीयाले उपनेताको रुपमा कार्यबाहक सम्हालेका थिए । कनौडीयालाई प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति डिल्ली चौधरीले समर्थन गरेका थिए ।  

वि.स.२०३६ सालमा युवा अवस्थादेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका कनौडीया २०५८ सालमा जलश्रोत मन्त्री भएका थिए । नागरिकसंग कुराकानी गर्दे कनौडीयाले प्रदेश सभामा प्रमुख प्रतिपक्षि दलको भुमिकालाई शसक्त बनाउदै सदनबाट सरकारका गलत क्रियाकलाप र निर्णयको भन्डाफोर गर्ने बताए । आम जनताको हितकालागि सदनबाटै आवाज उठाउने बताउँदै कनौडीयाले भ्रष्टाचार र दण्डहिनताको अन्त्यका लागि महत्वपुर्ण भुमीका खेल्ने बताए ।

प्रकाशित: २० श्रावण २०७७ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App