८ वैशाख २०८१ शनिबार
राजनीति

चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएकाे छ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन् ।  

नेपाल–चीन कूटनीतिक सम्बन्धको ६५औं वार्षिकोत्सवका अवसरमा आज शनिबार राष्ट्रपति भण्डारीसँग शुभकामना तथा बधाई आदानप्रदान गर्दै सीले  द्विपक्षीय हित र प्रगतिका लागि आफू नेपालसँग सहकार्य गर्न अत्यन्त इच्छुक रहेको धारणा राखेका हुन् ।  

चिनियाँ सञ्चारमाध्यम सिह्वाका अनुसार चीनका राष्ट्रपति सीले दुवै देशका जनताको समृद्धि र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न आफू नेपालकी समकक्षी राष्ट्रपति भण्डारीसँग काम गर्न तयार रहेको बताएका छन् ।  

प्रकाशित: १७ श्रावण २०७७ ११:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App