८ वैशाख २०८१ शनिबार
राजनीति

निर्लज्ज कार्यले देउवाले लोकतन्त्रको धज्जी उडाए : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्। 

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत प्रतिक्रिया दिएका छन्। पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा भ्रातृ संगठनको म्याद थपेर आन्तरिक लोकतन्त्रको धज्जी उडाएको पौडेलले बताएका छन् ।

उनले फेसबुकमा लेखका छन्, 'निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ । लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू गम्भीर हुनुहोस् ! जय नेपाल !'

प्रकाशित: १७ श्रावण २०७७ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App