१६ चैत्र २०८० शुक्रबार
राजनीति

थापासहितका ४२ नेता मंगलबार कांग्रेस प्रवेश गर्ने

सहमहामन्त्रीसहित पाँच केन्द्रीय सदस्य पाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापा मंगलबार नेपाल कांग्रेस प्रवेश गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो ३ बजे कांग्रेस प्रवेश गर्ने भएका हुन्। थापाले कांग्रेस प्रवेसका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराएका छन् । त्यसमध्य २१ जना मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने जानकारी दिंदै एक नेताले भने,‘बाँकी २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट कांग्रेस प्रवेश गर्ने छन्।’

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका लागि पार्टी प्रवेश गराउने छन् । थापाले कांग्रेस सहमहामन्त्रीको जिम्मेवारी पाउने छन् भने राप्रपाबाट राजीनामा गरेको जनाउँदै पार्टी अध्यक्षलाई पत्र लेखेका थापासहित ३० नेता मध्य पाँच नेताले कांग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् । केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा विष्णुविक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र किरण गिरी छन्।

त्यस्तै दुई जनाले आमन्त्रीत केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् भने अन्य नेताहरूले विभाग, महासमिति सदस्यसहित विभिन्न तहको जिम्मेवारी पाउने छन् । ‘भोलि (मंगलबार) पार्टी मात्र प्रवेश गर्ने हुन्,’ एक नेताले भने, ‘जिम्मेवारी केहीदिनपछि मात्र दिइनेछ ।’ सोमबार मात्र कांग्रेस प्रवेशका लागि दुई दर्जन विभिन्न तहका राप्रपाका नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्।

राप्रपा छाडेर ठूलो संख्यामा नेता तथा कार्यकर्ता कांग्रेस प्रवेसको तयारी गरेपछि अध्यक्ष कमल थापासहितका नेताहरूले उनीहरूलाई रोक्नका लागि प्रयासलाई जारी राखेका छन् । थापा पूर्वप्रधानमन्त्री सूर्य बहादुर थापाका छोरो हुन्।

प्रकाशित: १२ श्रावण २०७७ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App