८ वैशाख २०८१ शनिबार
राजनीति

‘सभापतिले महाधिवेशन प्रभावित गर्न लागे’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ। पौडेल पक्षीय नेताहरूको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएकाहरूको नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिपरेको आरोप लगाएका हुन्।

असन्तुष्ट पक्षले विभाग गठन, जनसम्पर्क अमेरिका र बेल्जियममा पनि संस्थापन पक्षले मनपरी गरेको निष्कर्ष निकालेको छ। त्यस्तै, अनुशासन समितिको नाममा अर्को पक्षलाई तर्साउने काम भइरहेको जानकारी दिँदै बैठकमा सहभागी एक नेताले भने, ‘अन्य पार्टीबाट आएको नाममा सभापति धेरै जिल्लामा क्रियाशील सदस्यता दिन लागि पर्नुभएको छ। त्यसलाई रोक्नुपर्छ।’  

असन्तुष्ट पक्षले पार्टी सदस्यता वितरण गर्नेसहितका विषयमा सभापति देउवाको लिखित रूपमा ध्यानाकर्षण गराउने तयारी गरेको छ। बिहीबार बिहान नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित नेताहरूले ध्यानाकर्षण पत्रलाई अन्तिम रूप दिनेछन्। ‘ध्यानाकर्षण पत्रलाई बिहान बसेर नेताहरूले अन्तिम रूप दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘सभापतिलाई भेटेर दिने वा पार्टी कार्यालयमा दर्ता गर्ने भन्ने पनि बिहान मात्र टुंगो लाग्छ।’

भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडुलगायत नेता सहभागी थिए।

प्रकाशित: १ श्रावण २०७७ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App