८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ?

फाइल तस्बिर : भीम रावल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको मूल सवाल पन्छाएर विषयान्तर गर्न खोजेको आरोप लगाएका छन् ।  

प्रधानमन्त्री ओलीले राम र अयोध्यायका कुरा उठाएर देशका जल्दाबल्दा मुद्दा र समस्यालाई ओझेलमा पार्न खोजेको आरोप नेता रावलले लगाएका हुन् ।  

यो पनि पढ्नुहोस्

‘भगवान राम पनि भारतीय होइनन् अयोध्या पनि भारतीयको होइन’

‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो,’ नेकपा स्थायी कमिटी सदस्य रावलले मंगलबार ट्विट गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

प्रकाशित: ३० असार २०७७ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App