१५ चैत्र २०८० बिहीबार
राजनीति

'भूमि फिर्ता ल्याउनुपर्ने बेला प्रधानमन्त्रीकाे बाेली रहस्यमय'

फाइल तस्बिर : विष्णु रिजाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भनाइप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।  

प्रधानमन्त्रीको नाम नलिईकन उनले  ‘पदमा बसेर बेतुकका र असान्दर्भिक बोल्दा राष्ट्रकै शीर झुक्ने’ भन्दै आक्रोश पोखेका हुन् ।  

आफ्नो ट्विटरमा उनले लेखेका छन्, ‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्काे मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’  

प्रकाशित: ३० असार २०७७ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App