६ वैशाख २०८१ बिहीबार
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको धर्ना

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। लकडाउनका कारण दैनिक गतिविधि ठप्प भएर जनतालाई दैनिकी चलाउन समेत समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो। 

नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो।  दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए।

सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उनले बताए। मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाई छ। बबरमहलमा भएको प्रदर्शनमा सहभागिहरुले ‘जनता मार्न पाइदैन’ भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौ’, सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए।

तस्बीरः दिपेश श्रेष्ठ/नागरिक

खुशी 60%
दुखी 0%
अचम्मित 20%
हास्यास्पद 0%
क्रोधित 20%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App