coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्। 

उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मािनस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे।

प्रकाशित: २७ असार २०७७ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App