२२ श्रावण २०७७ बिहीबार
राजनीति

प्रदेशको नीति, योजना र बजेट लैंगिकमैत्री छ : मन्त्री बराल

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेशको नीति, योजना र बजेट लैंगिकमैत्री भएको बताएका छन्। उनले सामाजिक विकास मन्त्रालयले हरेक कार्यक्रमलाई लैंगिक मैत्री र सामाजिक समावेशिकरण गर्ने गरि नीतिगत कामहरू गरेको बताए ।  

संचारीका समूह लुम्बिनिको आयोजना तथा सामाजिक विकास मन्त्रालय र यूएनडिपिको सहयोगमा विहिबार बुटवलमा गरिएको लैगिंक समानता तथा सामाजिक समावेशिकरणका लागि प्रदेश ५ सरकारले छुटाएको बजेट र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो कुरा बताएका हुन ।  

उनले सामाजिक विकास मन्त्रालयको बजेट मात्रै हेर्दा लैंगिकमैत्री नदेखिएपनि समग्रमा भने हरेक मन्त्रालयको कार्यक्रमले महिलालाई लक्षित गरेर बजेट छुटाइएको बताए । नागरिकलाई जनचेतना र जनजागरणका कार्यक्रममा स्थानीय तहबाटै हुनुपर्ने मन्त्रालयको निति रहेको बताउदै समन्वय र सहकार्यमा भने प्रदेश सरकारले समन्वय गर्ने काम गरेको मन्त्री बरालको भनाई छ ।  

स्थानीय सरकारसंग समन्वय गरेर काम गर्ने गरि नीति बनाउन थालिएको बताए ।  दलित, सिमान्तकृत तथा मुस्लिम छात्रहरूका लागि प्रदान गरिएको छात्रबृत्तिको कार्यक्रमबाट भने धेरैले लाभ लिन नसकेको उनले बताए । उनले मन्त्रालयले महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा अन्य दलित, सिमान्तकृत र पछाडि पारिएका समुदायहरूको उतथका लागि नितिगत र बजेटमा समेत समावेश गरेर कार्यक्रमहरू अघि बढाइएको दाबी छ ।  

सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले मुस्लिम समुदायका छोरीहरूलाई अझै पनि शिक्षाको पहुँचमा ल्याउन नसकिएको बताए । उनले शिक्षा क्षेत्रबाट सामाजिक समावेशिकरण गर्ने गरि काम गरिरहेको बताए ।  

सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्बासे प्रदेशा निति तथा कार्यक्रमलाई लैंगिक समानता र सामाजिक समावेशिकरणको हिसाबले योजनहरू बनेको बताए । उनल लैगिक सम्पर्क व्यक्ति कार्यविधि निर्माण गर्ने र प्रदेशस्तरीय बाल संरक्षण गृह निर्माणको चरणमा रहेको बताए । उक्त अवसरमा यूएनडिपिका सुदीप अर्याल, सञ्चारीका समूह लुम्बिनीका महासचिव अमृता अनमोल, सञ्चारीका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम लगायले बोलेका थिए ।

प्रकाशित: २५ असार २०७७ १९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App