८ वैशाख २०८१ शनिबार
राजनीति

सरिता गिरीबारे मोहना अन्सारीको अभिव्यक्तिप्रति मानव अधिकार आयोगकै आपत्ति

फाइल तस्बिर : मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी र अध्यक्ष अनुपराज शर्मा

नेपालको नयाँ नक्साविरुद्ध संसदमा संशोधन प्रस्ताव दर्ता गराएका कारण कारबाहीमा परेकी जनता समाजवादी पार्टीकी सरिता गिरीबारे आफ्नै सदस्य मोहना अन्सारीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ ।  

अन्सारीले यही असार २३ गते ट्विटरमा तत्कालीन सांसद गिरीलाई कारबाही गरिएकामा खेदजनक भन्दै आपत्ति प्रकट गरेकी थिइन् ।

उनले ट्विटमा लेखेकी छन्- ‘मा.सरीता गिरीलाई समाजवादी पार्टीले कथित छानबिन प्रतिवेदनको आधारमा काराबही गरी निष्काशन र सांसद निलम्बन हुने विषय खेदजनक छ। संसदमा आफ्नाे धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा काराबाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यताविरीत रहेकाले निर्णय र्फिता लिन अनुरोध गर्दछु।’

सोही अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ति प्रकाशन गरी अन्सारीलाई जथाभावी नबोल्न सतर्क गराएका हुन् ।  

विज्ञप्तिमा भनिएको छ– दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेदजनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

प्रकाशित: २५ असार २०७७ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App