१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई भने : बकवास बन्द गर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका बारे अनर्गल प्रचार गरेको बताएका छन्।  

श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, 'भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।'

सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि भारतीय पक्ष असन्तुष्ट रहँदै आएका छन्। उनीहरुले पछिल्ला घटनाक्रमलाई चीनसँग जोडेर प्रचार गर्दै आएका छन्। भारतीय मिडियामा केही दिनदेखि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीबारे जोडेर समाचारहरु प्रशारण भइरहेका छन्।

 

प्रकाशित: २५ असार २०७७ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App