coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई गृहन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरे। मन्त्रिपरिषदले मंगलबार उनलाई वरिष्ठताका आधारमा आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उनी नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक हुन्। आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन्। थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए। यस्तै थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका थिए। २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा अब भने २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व सम्हाल्ने छन्। थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्ने छन्।  

 

 

प्रकाशित: २५ असार २०७७ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App