६ वैशाख २०८१ बिहीबार
राजनीति

योगेश भट्टराईका चार प्रश्न : विग्रह ल्याउनु ठिक वा एकतामा सद्भाव राख्नु ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सांकेतिकरुपमा भारत र चीनलाई जोडेर प्रश्न गरेका छन्।

चार बुँदामा उनले समेटेका प्रश्नको दोस्रो बुँदामा नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्भाव राख्नु ठिक? भनेका छन्।  

नेकपा संकट गहिरिरहँदा समाधानको लागि चिनियाँ राजदूत सक्रिय रहेको चर्चा चलिरहँदा भट्टराईले चीनको बचाउमा सामाजिक संजालयमा यस्तो टिप्पणी गरेका हुन्।  

उनले भनेका छन्,  'संविधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संविधान निर्माणप्रति सद्भाव राख्नु ठिक?'  यस्तै भट्टराईको प्रश्न छ, 'नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक?'  

कुनै पनि विदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुने मन्त्री भट्टराईको भनाई छ। 'कसैको पनि कुरा सुन्नु राम्रो हो। मान्ने नमान्ने अधिकार हाम्रो हो!' उनले भनेका छन्।

 

 

 

प्रकाशित: २४ असार २०७७ ०९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App