७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा विवादबारे विजय पौडेल : बैठक बाहिर निकालिने सोलुसनले फेरी समस्या निम्त्याउँछ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ। लामो समयदेखि बैठक बस्ने र स्थगित हुने चलिरहेको छ। आज बस्ने भनिएको बैठक पनि अन्तिम समयमा स्थगित भयो। पार्टी नेताहरुबीच देखिएको विवादको समाधान निस्न नसक्दा पार्टी पंतिमा अन्योलता देखिएको छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक पटक छलफल चले पनि ठोष निष्कर्षमा पुग्न सकेको छैन। उनीहरुको छलफलको निचोड ननिस्कँदा स्थायी कमिटी बैठकले निरन्तरता पाउन सकेको छैन।

पार्टीलाई अनिर्णयबाट निकास दिन माग गर्दै नेकपाका केन्द्रिय सदस्यहरु पार्टी मुख्यालय धुमबाराहीमा धर्नामा छन्। ५० भन्दा बढी केन्द्रिय सदस्यहरुले दैनिक जसो पार्टी कार्यालयमा धर्ना दिइरहेका छन्। धर्नामा रहेका एक केन्द्रिय सदस्य डा. विजय पौडेलको बुझाईमा पार्टी विधिमा नचल्दा अहिले नेकपामा समस्या देखिएको छ। 'हामीले पार्टी भित्र विधिको माग गरेका छौं', उनी भन्छन्, 'विधि पद्धतिमा सबै चलेमा त्यसबाट समाधान निस्कन्छ। भविष्यमा यस्ता समस्या आउँदैनन्।' नेताहरुलाई के लाग्छ त्यही अनुसार पार्टी चल्दा पटक पटक विवाद निस्कने गरेको उनी बताउँछन्।

विजय पौडेलको बुझाईमा पार्टी विधिमा नचल्दा अहिले नेकपामा समस्या देखिएको छ। 'हामीले पार्टी भित्र विधिको माग गरेका छौं', उनी भन्छन्, 'विधि पद्धतिमा सबै चलेमा त्यसबाट समाधान निस्कन्छ।

बैठक बाहिर सहमति गरेर निर्णयका लागि कमिटीमा लैजाने गलत नजिर बसेको उनले बताए। 'बैठकबाट सोलुसन निकाल्नु पर्यो', उनले भने, 'बैठक बाहिर निकालिने सोलुसनले फेरी समस्या निम्त्याउँछ।'

अहिले केन्द्रिय सदस्यहरुले दिएको धर्ना विधिका लागि भएको उनले स्पष्ट पारे। 'स्थायी कमिटीले एउटा विधि तय गरेर केन्द्रिय कमिटीमा ल्याउनु पर्छ', पौडेलले भने, 'त्यसमा छलफल पछि फाइनल डिसिजन केन्द्र ले गर्छ। विधि यो हो। तर हामी कमिटी बाहिर अल्झियौं।'  

'नेताहरुले आफ्ना पार्टी कमिटीका बैठकमा विश्वास किन गर्दैनन्?' उनी प्रश्न गर्छन्, 'कमिटीमा विश्वास गरौं। विधि बसालौं।' बाहिर निर्णय गरेर कमिटीमा लैजाने प्रवृत्तिको लामो समयदेखि पार्टी सिकार भइरहेको उनले बताए।

देखिएका विवाद दुई अध्यक्षलाई टुंग्याउन दिने गलत नजिर बसेको उनको बुझाई छ। 'समस्या पार्टीमा देखिन्छ तर दुई जनाले मात्र समाधान गरेर हुँदैन कमिटीमा लगेर समाधान गर्ने पद्धति चाहियो', पौडेलले भने। 'कलेजहरुमा दुई संगठनबीच विवाद हुन्छ तर विद्यार्थी भर्नाको विषयमा विवाद किन हुँदैन? भर्नाको एउटा सिस्टम छ। आईजीपी नियुक्तिमा किन विवाद आएन भन्दा त्यहाँ कसरी आईजीपी नियुक्ति गर्ने भन्ने विधि छ,' उनले भने, 'हामीले पनि पार्टीमा एउटा विधि बसालौं जसले एउटा प्रणालीमा बाँधोस्। यसो गरियो भने विवाद देखिँदैन।'  

 

प्रकाशित: २४ असार २०७७ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App